राजनीति

बुढीगण्डकी पिडीतको मागमा वर्तमान सरकार गम्भिर बन्नुपर्छः प्रवक्ता श्रेष्ठ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपाका) प्रवक्ता नारायणकाजी श्रेष्ठले बुढीगण्डकी पिडीतको मागमा सरकार गम्भिर बन्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रवक्ता श्रेष्ठले ऐतिहासिक ब्यापारिक केन्द्र आरुघाट लगायतका जनताले अन्याय भएको भन्दै पुनरावलोकन को माग गेको भन्दै सरकारले तत्काल यसमा ध्यान दिनु उपयुक्त हुने बताएका छन् ।

बुढीगण्डकी परियोजनाको लागि आवश्यक बाँकी जग्गाको मुआवजा सम्बन्धी निर्णय सार्बजनिक भएदेखि नै सरोकार वाला स्थानीय जनता बिगत केही दिनदेखी आन्दोलनमा उत्रिएका छन् ।

उनको ट्वीटरः बुढीगण्डकी परियोजनाको लागि आवश्यक बाँकी जग्गाको मुआवजा सम्बन्धी निर्णय सार्बजनिक भएदेखि नै सरोकार वाला स्थानीय जनता आन्दोलनमा उत्रिएका छन् । ऐतिहासिक ब्यापारिक केन्द्र आरुघाट लगायतका जनताले अन्याय भएको भन्दै पुनरावलोकन को माग गरेका छन्।सरकारले तत्काल यसमा ध्यान दिनु उपयुक्त हुनेछ।