अन्तर्राष्ट्रिय

नेटोबारे म्याक्रोँको भनाई ‘अपमानजनक’ : राष्ट्रपति ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) बारे फ्रान्सका राष्ट्रपतिले दिएको अभिव्यक्ति ‘अत्यन्तै तुच्छ’ र ‘अशिष्ट’ भएको बताएका छन् । फ्रान्सका राष्ट्रपतिले केही दिन पहिले नेटोको सान्दर्भिकताबारे बोल्दै नेटो वर्तमान् अवस्थामा निष्कृय (ब्रेन डेड) रहेको बताएका थिए ।

उत्तर एट्लान्टिक गठबन्धनमा २९ उत्तर अमेरिकी तथा यूरोपलगायतका मुलुकको अन्तरसरकारी सैन्य सहकार्य रहँदै आएको छ । “म्याक्रोँले टर्कीद्वारा सिरियामा केही समय पहिला गरिएको सैन्य कारबाहीमा नेटो सदस्यबीच समन्वयको अभाव भएको भन्दै नेटोको आलोचना गरेका अलजजिरा टेलिभिजनले समाचार प्रशारण गरेको थियो ।

लण्डनमा नेटो महासचिव जेन्स स्टोलटेनबर्गसँग बोल्दै ट्रम्पले नेटोबारे फ्रान्सेली राष्ट्रपति म्याक्रोँको राय ‘अन्य धेरै शक्तिमाथिको अपमानजनक’ अभिव्यक्ति भएको टिप्पणी गरे । अमेरिकाले नेटोको खर्चका लागि असन्तुलित हिसाबले धेरै योगदान गर्नुपरेको भन्दै अन्य नेटो सदस्य राष्ट्रले पनि उनीहरूले अहिले गरिराखेको खर्चलाई वृद्धि गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

उनले सैन्य गठबन्धन धेरै ‘लचिलो’ भएको र ‘बृहद् लक्ष्य’का लागि काम गरेको बताए । गठबन्धनको ७० औँ वर्षगाँठ मनाउन विश्व नेताहरू बेलायतको राजधानी लण्डनमा भेला भएका समय ट्रम्पको उक्त भनाई आएको हो ।