देश

अपांगता भएका व्यक्तिहरुको आवश्यकता अनुसारको कार्यक्रमको माग

APANGATA

काठमाडौं । अपांगता भएका व्यक्तिहरुले आफ्ना लागि आउने कार्यक्रमको बारेमा आफुहरुलाई नै थाहा नहुने वातावरणको अन्त्य हुनुपर्ने बताएका छन् । २८ औंअन्तराष्ट्रिय अपांग दिवसको अवसरमा अपांग संरक्षण नेपालले राजधानीमा आयोजना गरेको सेतो छडि लगायत दृष्टि विहिनहरुका लागि आवश्यक सामाग्री वितरण कार्यक्रममा अपांगता भएका व्यक्तिहरुले यस्तो माग गरेका हुन् ।

अपांग संरक्षण नेपालका अध्यक्ष विरोध खतिवडाले अपांगता भएका व्यक्तिहरुका लागि खुलेका संघसंस्था र सरकारले आफुहरुको आवश्यकताअनुसार काम गर्न नसकेकोले आफुहरुले नै कार्यक्रम गर्नु परेको बताए । चाईना एयरका महाप्रबन्धक स्या रेले अपांगता भएका व्यक्तिहरुलाई माया र हेरचाह गर्नु नै मानवधर्म रहेको बताए ।

कार्यक्रममा सामुदायिक सूचना नेटवर्क सीआईएनका प्रमुख दीपक आचार्यले नेपालमा अपांगता भएका व्यक्तिहरुका लागिआउने कार्यक्रम र अपांगता भएका व्यक्तिहरुको आवश्यकताको बारेमा जानकारी गराउदै आगामी दिनमा अपांगता भएका क्षेत्रमा आउनुपर्ने कार्यक्रमका बारेमा अवधारण प्रस्तुत गरेर।

कार्यक्रममा सय भन्दा बढि दृष्टि विहिनहरुलाई सेतो छडि र सय जना भन्दा बढिलाई पाठ्य सामाग्री वितरण गरिएको थियो । दृष्टि विहिनहरुका लागि अडियो पाठ्य सामाग्री उत्पादन गर्नको लागि चाईना एयरले केही थान कम्प्यूटर अपांग संरक्षण नेपाललाई हस्तान्तरण गरेको छ ।