आर्थिक

मोरिस ग्यारेज) को एमजी जेडएस इलेक्ट्रिक गाडीका लागि युरोपमा ३००० भन्दा बढि अर्डर

काठमाडौं । ९६ वर्ष पुरानो ब्रिटिस ब्राण्ड एमजी (मोरिस ग्यारेज) को युरोप, नेदरल्याण्ड, नर्वे, भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया, चिली, अष्ट्रेलिया, न्यूजील्याण्ड, मिडल इस्ट र नेपालमा उच्च माग रहेको छ ।

SAIC मोटर्सले एमजी जेडएस इभीका लागि युरोपबाट ३००० अर्डर प्राप्त गरेको छ । ५०० थान एमजी जेडएस यही महिनामा नेदरल्याण्ड र नर्वेमा निर्यता गरिनेछ । यो गाडीले युके, नेदरल्याण्ड र नर्वेमा सार्वजनिक भएदेखिनै सकरात्मक प्रतिक्रिया प्राप्त गर्याे र ३ वटा देशबाट ३००० भन्दा बढि अर्डरहरु प्राप्त गरिसकेको छ ।

त्यस्तै नेपालबाट पनि यो गाडीले निकै उत्साहजनक प्रतिक्रिया पाइरहेको छ । पारामाउन्ट मोटर्स प्रा.लि. नेपालका लागि एमजी गाडीको अधिकृत आयातक र वितरकले गत जुलाई महिनामा नयाँ इलेक्ट्रिक एसयूभी एमजी जेडएसका लागि शुरुवाती मुल्य रु. ४९,९९,००० मा प्रि-बुकिङ खुलाएको थियो । अहिलेसम्म कम्पनीले एमजी जेडएस इभीका लागि १५० थान भन्दा बढि बुकिङग प्राप्त गरिसकेको छ ।

एमजीले लन्डन, सिलिकन भ्याली, टेल अभिभमा रिसर्च एण्ड डेभलप्मेन्ट सेट गरेर थाइल्याण्ड, इन्डोनेशिया र भारतमा सवारी साधन निर्माण स्थापना गरेर ९३ वटा ओभरसि अर्टो पार्ट निर्माण गरेर विश्वभर पूर्ण अटो उद्योग संञ्जाल स्थापना गरेको छ । एमजीका उत्पादनहरु विश्वभरका ६० भन्दा बढि देशहरुमा बिक्री हुन्छ ।

यो नयाँ एसयूभीमा सुरक्षालाई सुनिश्चित गर्दै ६ वटा एयरब्याग छ, साथै प्रिमियम प्यानारोमिक सनरुफ र आरमदायीक इलेक्ट्रिकल समायोज्य सिटजस्ता विशेषताहरु रहेको छ । यसबाहेक यो गाडीमा ३ वटा ड्राइिभिङ मोडहरु रहेको छ, जसमा चालकहरुले आफुलाई मनपर्ने ढंगबाट गाडी चलाउन सक्छन् ।