खेलकुद

तेक्वान्दो फाइटिङका वीरबहादुरले नेपाललाई दिलाए अर्को स्वर्ण

काठमाडौं । राजधानीमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको फाइटिङमा नेपालले अर्को स्वर्ण पदक जितेको छ ।

६८ केजी तौल समूहमा नेपालका खेलाडी वीरबहादुर महराले स्वणपदक जितेका हुन् । उनले पाकिस्तानका खेलाडी मोहम्मद फाहेमेनलाई हराउदै स्वर्णपदक जितेका हुन् ।

आज तेक्वान्दोको चारवटा तौल समूहमा खेल भएको थियो । महिला तर्फ ४६ र ५७ केजी तौल समूह र पुरुषमा ५४ र ८६ केजी तौल समूहमा खेल भएको हो ।

नेपालले फाइटिङतर्फ पनि आज एक स्वर्णपदक जितेको छ । ६४ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी काजोल श्रेष्ठले तेक्वान्दोको ग्यारोगी फाइटिङमा स्वर्ण जितेकी हुन् ।

यसअघि हिजो भएको तेक्वान्दो पुम्सेतर्फ नेपालले सात स्वर्ण जितेको थियो ।