आर्थिक

मुक्तिनाथ विकास बैंकको मोवाईल बैंकिङ्ग अभियान सञ्चालन

काठमाडौं । नेपालको बैंकिङ्ग प्रणालीमा सूचना तथा प्रविधिको उचित प्रयोग गरी सेवाग्राहीलाई यस सेवामा समेट्न र नगद रहित कारोवारलाई प्रोत्साहन गर्नको लागि मुक्तिनाथ विकास बैंकले मोवाईल बैंकिङ्ग अभियान सञ्चालनमा ल्याएको छ ।

यस अभियानमा हालसम्म बैंकको मोवाईल बैंकिङ्ग मार्फत कुनै पनि कारोवार नगरेका ग्राहकहरुले NT/NCELL/SMART CELL mobile मा top-up गर्दा पहिलो पटक top-up गरेको रकमको 20% Cash back प्राप्त गर्ने छन् । यो अभियान२०७६ मंसिर १५ गते देखि लागु भई २०७६ फाल्गुन १४ गते सम्म संचालन हुनेछ ।

हालसम्म मुक्तिनाथबाट मोवाईल बैंकिङ्ग नलिएका वा लिएर पनि कारोवार नगरेका ग्राहकहरुले यो फाईदा लिन सक्नेछन् । यसबाट ग्राहकहरुले मोवाईल रिर्चाज कार्ड किन्ने झन्झटबाट मुक्ति पाउनुको साथै नगद लाभ पनि लिने बैंककाप्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए।