खेलकुद

फाइटिङतर्फकी काजोलले नेपाललाई दिलाइन् अर्को स्वर्ण

काठमाडौं । राजधानीमा जारी १३औं दक्षिण एसियाली खेलकुद(साग) अन्र्तगत आज(मंगलबार) तेक्वान्दोको ग्यारोगी फाइटिङमा नेपालले स्वर्ण पदक जितेको छ ।

६४ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी काजोल श्रेष्ठले स्वर्ण जितेकी हुन् । उननले पाकिस्तानकी खेलाडी सायड जादीलाई हराउँदै स्वर्ण जितेकी हुन् । उनले जाडीलाई ५०–१४ को स्कोरमा हराएकी हुन् ।

यसअघि हिजो भएको तेक्वान्दो पुम्सेतर्फ नेपालले सात स्वर्ण जितेको थियो । नेपालले फाइटिङतर्फ जितेको यो पहिलो स्वर्ण हो ।