खेलकुद

साग: पुरुष भलिबलतर्फको स्वर्ण पदक भारतलाई

काठमाडौं । राजधानीमा जारि १३ औँ दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत पुरुष भलिबलतर्फको स्वर्णपदक भारतले जितेको छ ।

भारतले पाकिस्तानलाई पराजित गर्दै मंगलबार स्वर्ण जितेको हो । २५–१५, २५–१७ र २९–२७ को सेटमा भारतले पाकिस्तानलाई पराजित गर्दै स्वर्णपदक जितेको हो ।