खेलकुद

नेपालको फराकिलो जीत, भुटान ४-० गोल अन्तरले पराजित

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबल प्रतियोगितामा नेपाली टोलीले सुखद सुरुआत गरेको छ । आज(मंगलबार) भएको खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पारजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई टोलीबीच १ बजेदेखि शुरु भएको खेलको पाँचौ मिनेटमा कप्तान सुजल श्रेष्ठले  नेपाललाई अग्रता दिलाएका थिए । 

खेलको ५१ औँ मिनेटमा कप्तान सुजलले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । यससँगै नेपालका लागि खेलको ६६ औँ मिनेटमा अविशेक रिजालले अर्को गोल थपे । निकै नै आक्रमक रुपमा खेलेको नेपालले खेलको ७८ औँ मिच्चेन तामाडले गोल गर्दै नेपाललाई ४–० गोलको सहज जित निकाले । 

पहिले खेल माल्दिभ्ससँग गोलरहित बराबरी खेलेर अङ्क बाँडेको नेपाल बङ्गलादेशलाई १–० ले पाखा लगाएर आएको भुटानमाथि आफ्नो बलियो दावेदारी प्रस्तुत गरेको छ ।