राजनीति

उर्जा मन्त्री बोल्दै थिए, विद्युत्को लाइन काटियो 

सुर्खेत । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन मौसमी राडारको उद्घाटन गर्दै थिए, एक्कासि विद्युत्को लाइन काटियो । कार्यक्रमस्थलमा उपस्थित सम्पूर्णले मुखामुख गरे, उर्जामन्त्री पुन केहि बोलेनन् ।

उर्जामन्त्री पुनले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ को रातानाङ्लामा मौसमी राडारको उद्घाटन गर्दागर्दै विद्युत् कटौती भएको थियो ।

ऊर्जामन्त्री प्रमुख अतिथिका रूपमा कार्यक्रममा बोल्दै गर्दा विद्युतको लाइन काटिएको थियो । विद्युतकाे लाइन काटिएपछि करिब डेढ मिनेट मौन रहेका ऊर्जामन्त्रीले जेनेरेटर सञ्चालन गरिएपछि मन्तव्य शुरु गरेका थिए ।

ऊर्जामन्त्री पुन प्रमुख अथिति रहेको कार्यक्रममा विद्युत्को लाइन गएपछि कार्यक्रममा उपस्थितले मुखामुख गरेका तर  ऊर्जामन्त्रीले भने यस विषयमा  केही पनि बोलेनन् ।

सुर्खेतमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन छिनछिनमा जाने र आउने गरेको स्थानीयवासीको गुनासो छ ।