आर्थिक

सनराइज बैंकको परासीमा १२५ औं शाखा संचालनमा

नवलपरासी । सनराईज बैंकले नवलपरासीस्थित परासीमा १२५ औँ शाखा संचालनमा माल्याएको छ । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायका देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको यस बैंकले उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

आइतबार आयोजित उद्घाटन कार्यक्रममा रामग्राम नगरपालीकाको मेयर नरेन्द्र कुमार गुप्ता र सन्राइज बैंककाप्रमुखकार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेको विज्ञप्तिा मार्फत बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा जनकशर्मा पौड्यालले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गर्न अनुरोध गदै उक्तबचतलाई बैंक मार्फत लगानि गर्न प्रोत्साहन गरेका थिए । सोही दिन आयोजित सुरुङ्गा शाखाकार्यालय स्थानान्तरण कार्यक्रममा कनकाई नगरपालीकाको मेयर राजेन्द्र कुमार पोखरेल र बैंकको संचालक समितिका सदस्यश्री शारदा शर्मा पुडासैनी ले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी लगायत अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो ।

हालसम्म सनराईज बैंकले १२५ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८वटा एक्सटेन्सन काउण्टर र १४५वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवाप्रदा नगर्दै आइरहेको छ ।  साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरु मा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम हरु संचालन गर्ने योजना रहेको जनाएको छ ।