प्रवास

भारतीय सेना फिर्ताको माग गर्दै सडमा उत्रिए बेलाएतमा रहेका नेपाली

काठमाडौं । कालापानी, लिपुले र लिम्पियाधुरा लागाएत नेपाली भुमि मिचेर भारतले नयाँ नक्कसा जरी गरेपछि दैनिक जसो त्यस्को बिरोध भईरहेको छ । मुलुक भित्र मात्रै नभई मुलुक बाहिर बस्ने नेपालीहरुले पनि आफनो मुलुक रक्षाका लागि निरन्तर भारतलाई दबाब दिनलाई बिरोध जनाईरहेका छन् ।

बाह्य मुलुक अमेरीका, बेलायत, क्यानढा, चिन लगाएत मुलुककमा बसोवास गर्ने एनआरएन नेपालीहरुले नेपाली भुमि फिर्ताको माग गर्दै बिरोध गरिरहेका छन् । मुलुक बाहिर रहेर पनि आफ्नो मुलुक बचाउनु पर्छ भन्ने भावना सम्पुर्ण नेपालीमा हुनु सुखद विषय हो ।

यसैबिच गैरआवासीय नेपाली संघको आह्वानमा बेलायतस्थित प्रवासी नेपालीहरूले कालापानी लगायतका क्षेत्रबाट भारतीय सेना फिर्ता लैजानुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन् । गैर आवासीय नेपाली संघ युके शाखाको आयोजनमा लन्डनस्थित भारतीय उच्चायुक्तको कार्यालय बाहिर सोमवार दिउँसो विरोध प्रदर्शन गरिएको छ ।

भारतले चीनसंगको सीमामा पर्ने रणनीतिक महत्त्वको उक्त क्षेत्रलाई लामो समयदेखि आफ्नो नियन्त्रणमा राखेकोले दबाब दिन उक्त विरोध प्रदर्शन आयोजन गरिएको गैर आवासीय नेपाली संघ युकेका महासचिव फडिण्द्र भट्टराको भनाई छ । नेपाली भूमि भारतले आफ्नो नक्सामा समेटेपछि त्यसका विरोधमा एनआरएनएहरुले बेलाएतमा बेला–बेलामा प्रदर्शन गरिरहेका उनिहरले हिजो पनि पर्दशन गरेका थिए ।

प्रदर्शनीपछि गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईद्वारा हस्ताक्षरित विरोधपत्र भारतीय दूतावासले लिन भने अस्वीकार गरेको थियो । प्रदर्शनकारीहरुलाई प्रहरीले भारतीय उच्च आयुक्तको कार्यालयको मुलढोकाबाट टाढा रहन भनेका थिए ।

एनआरएनए बेलायतको उक्त विरोधपत्रमा भारतले नयाँ राजनीतिक नक्सा जारी गर्दा अन्तराष्ट्रिय मान्यताको समेत उल्लंघन गरेको स्मरण गराउँदै दुवै देशबीचको वार्तामार्फत् सीमा सम्बन्धी विवाद तत्काल समाधान गर्न आग्रह गरिएको छ। विरोधपत्रमा भारतले जारी गरेको नयाँ नक्सा तत्काल सच्चाउन माग गरिएको छ । सो विरोधपत्र ईमेल तथा हुलाकबाट पठाइने महासचिव भट्टराईले जानकारी दिएका छन् ।

लण्डनस्थित भारतीय उच्च आयुक्तको कार्यालय नजिकै प्रदर्शनकारीले ब्याक अफ इन्डिया, भारतीय हस्तक्षप बन्द गर् लगायतका प्लेडकार्ड बोकेर नारा लगाएका थिए । त्यसैगरी प्रदर्शनकारीले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतका नेपाली भूभागमा भएको भारतीय ज्यादतीको विरोध गरेका थिए ।

विरोध प्रदर्शनमा बेलायतका विभिन्न शहरहरुबाट जम्मा भएका गैर आबासीय नेपालीलगायत विभिन्न राजनीतिक र संघसंस्थाका प्रतिनिधिसहितको उपस्थिति रहेको थियो । एनआरएनए केन्द्रीय अध्यक्ष्य कुमार पन्त सहितले युरोपका विभिन्न देशहरुमा आफै ती देशहरुमा रहेका भारतीय राजदुताबास र उच्च आयुक्तको कार्यालयमा प्रदर्शन गरि सम्पूर्ण एनआरएनए एनसीसी ( राष्ट्रिय परिषद)हरुलाइ बिरोध प्रदर्शन र ज्ञापनपत्र प्रस्तुत गर्न निर्देशन र सम्पूर्ण नेपाली हरुलाइ आह्वान गरेका थिए ।

सो अनुरुप नेपालीहरु एकजुट भएर बेलायतमा पनि प्रदर्शन गरिएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको नयाँ कार्यसमितिको सेप्टेम्बरमा सम्पन्न निर्वाचनले एकअर्काको विरोध गर्ने यहाँका एनआरएनए अगुवा र सदस्यहरूलाई नेपाल– भारत सीमा बिबाद सम्बन्धी राष्यट्रियताको प्रश्नले एकतामा गाँसिदिएको छ ।

मुलुक बहिर जहाँ रहेपनि आफनो मुलुकको भुमी अतिक्राण हुँदा सबैको आवाज एउटै हुनुपर्दछ भन्ने भावनाका साथै विरोध जनाएका छन् ।