राजनीति

नेता थापा भन्छन्ः उपनिर्वाचनले नेकपालाई सन्देश दिएको छ, शैली सच्याउ नत्र सकिन्छौ !

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारलाई सच्चिन अनग्रह गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत एक शन्देस दिँदै नेता थापाले मंसिर १४ मा सम्पन्न उपनिर्वाचनले सरकारलाई सच्चिने संदेश दिएको भन्दै सच्चिन आग्रह गरेका छन् ।

साथै उनले सरकारको शैली नसच्याए आँफै सकिएर जाने चेतावनी दिएका छन् । सच्चिने वा सक्किने उसको कुरा भएको उनको भनाई छ ।  नेता थापाले उपनिर्वाचनले कांग्रेसलाई पनि संदेश दिएको बताएका छन् ।

सन्देश हामीलाई पनि त छ नेकपासँग बिरक्तिएको मनलाई तिम्रो मतमा बदल्न चाहन्छौ भने पहिला आफैं बदलिउ मतदाताको यो सन्देशलाई बुझ्ने कि पछि पछुताउने यो हाम्रो उनको ट्वटिरमा उल्लेख छ ।

उनको ट्वीटरः उप–चुनावले नेकपालाई स्पष्ट सन्देश दिएको छ(सरकारको शैली सच्याउ नत्र सकिन्छौ सच्चिने वा सक्किने उसको कुरा । तर सन्देश हामीलाई पनि त छ नेकपासँग बिरक्तिएको मनलाई तिम्रो मतमा बदल्न चाहन्छौ भने पहिला आफै बदलिउ । मतदाताको यो सन्देशलाई बुझ्ने कि पछि पछुताउने यो हाम्रो कुरा ।