समाचार

छाउपडी, कु–प्रथालाई ध्वस्त पार्न नसक्नु कम्युनिष्ट सरकारका लागि लाजमर्दाेः खगेन्द्र संग्रौला

काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले छाउपडी जस्तो कु–प्रथालाई ध्वस्त पार्न नसक्नु कम्निस्ट सरकारका लागि लाजमर्दो विषय भएको बताएका छन् ।

आफुहरुलाई  कम्निस्ट हौँ भन्नेहरूको समाजवादमुखी सरकारले छापउडी जस्तो बधशालालाई ध्वस्त पार्न सांस्कृतिक जागरणको खासै चेष्टा नगर्नु लाजमर्दाे भएको बताएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले यस्तो बताएका हुन् ।

साथै साहित्यकार संग्रौलाले नारकीय छाउपडी छाप्रो सनातन संस्कृतिका नाममा नारी बधशाला भएको र जहाँ कैद गरिएका नारीहरू सर्पले डसेर, जाडाले कठाङ्ग्रिएर वा धूवाँले निसासिएर मर्ने गरेको भन्दै दुःख व्यक्त गरेका छन् । केही दिन अघि बैतडीमा छाउगोठमा एक महिलाको मृत्यु भएको थियो ।

उनको ट्वीटरः नारकीय छाउपडी छाप्रो सनातन संस्कृतिका नाममा नारी बधशाला हो, जहाँ कैद गरिएका नारीहरू सर्पले डसेर, जाडाले कठाङ्ग्रिएर वा धूवाँले निसासिएर मर्छन् । कम्निस्ट हौँ भन्नेहरूको समाजवादमुखी सरकारले यो बधशालालाई ध्वस्त पार्न सांस्कृतिक जागरणको खासै चेष्टा नगर्नु क्या लाजमर्नु कुरा ।