अन्तर्राष्ट्रिय

फार्ममा आगलागी हुँदा ८ बालबालिकासहित १३ पाकिस्तानीको मृत्यु

13 Pakistanis, including seven children of a family, burnt to ...

एजेन्सी ।  दक्षिण-पश्चिम एसियाली देश जोर्डनको एउटा फार्ममा आगलागी हुँदा ८ बालबालिकासहित १३ पाकिस्तानीको मृत्यु भएको छ। साथै घटनामा ३ व्यक्ति सख्त घाइते भएका छन्।

राजधानी अम्मानभन्दा पश्चिममा रहेको ग्रामीण भेग शाउनामा कामदार बस्ने फलामे टहरामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको जोर्डनको नागरिक सुरक्षा विभागले जनाएको छ। विद्युत सर्ट हुँदा आगो लागेको अनुमान स्थानीय अधिकारीले गरेका छन्। 

प्रधानमन्त्री ओमार अल–राजाजले पाकिस्तानी जनता र सरकारप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन्। उक्त टहरामा आप्रवासी कामदारका २ परिवार बस्थे। जोर्डनका फार्ममा हजारौं आप्रवासी कामदार काम गर्छन्।