आर्थिक

बुटवलमा दुई युवाको मृत्यु

बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ स्थित नयाँमिलमा रोकिराखेको टिपरमा गएराति मोटरसाइकलले ठक्कर दिँदा दुई युवाको घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार भे.१ब१४४८ नम्बरको टिपरलाई ना.४३प ३३४६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मृत्यु हुनेमा रुपन्देहीको सैनामैना नगरपालिका–६ बस्ने २८ वर्षीय नवीन कँडेल र सोही स्थानका ३१ वर्षीय दीपक पन्थ रहेका छन् । सो घटना गएराति भएको थियो ।

यसैगरी, सैनामैना नगरपालिका–४ स्थित रामलखनपुरामा सोमबार एकजना मृतावस्थामा फेला परेका छन् । कपिलवस्तुका वाणगंगा निवासी ४२ वर्षीय जग्गु चौधरीको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय, मुर्गियाले जनाएको छ ।