अन्तर्राष्ट्रिय

भारि वर्षाका कारण घर भत्किदा १७ को मृत्यु

india heavy rain

एजेन्सी । भारतको तमिलनाडु राज्यमा सोमबार भारी वर्षापछि घरका पर्खाललगायतका संरचना भत्किँदा चार परिवारका कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

भारी वर्षाका कारण सोमबार बिहान ती व्यक्ति सुतिरहेको अवस्थामा घरको पर्खाल भत्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

भारतीय दक्षिणी राज्य तमिलनाडुको गाउँमा भएको सो घटनामा दुई बालबालिकासहित १७ जनाको मृत्यु भएको जनाइएको छ । मुसलधारे वर्षापछि सो घटना भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान ५ः३० बजे सो घटना भएको बताइएको छ ।

भारतमा घरलगायतका संरचना भत्किनु एक सामान्य घटनाको रूपमा रहेको पाइन्छ । कमजोर संरचनाका कारण यस्तो घटना हुने गरेको विज्ञहरूको भनाइ छ । गत जुलाईमा मुम्बईमा भएको यस्तै घटनामा कम्तीमा ३० व्यक्तिको मृत्यु भएको थियो ।