खेलकुद

यी खेलाडी, जसले नेपाललाई एकैदिनमा १५ स्वर्ण दिलाए

काठमाडौं । दक्षिण एसियाली खेलकुद कुम्भ मेला १३औं सागमा हालसम्म नेपालले १५ स्वर्ण जितेकाे छ । आज(सोमबार) २४ स्वर्णको छिनोफानो हुँदा नेपालले  करातेमा ७, तेक्वान्दाे पुम्सेमा ७, महिला ट्रायथलनमा १ गरी कुल १५ स्वर्ण हात पारेकाे हाे ।

तेक्वान्दाेअन्तर्गत आज भएका विभिन्न स्पर्धामा १३ वटा स्वर्णका लागि भएकाे प्रतिस्पर्धामा नेपालले सातवटा स्वर्ण जित्दा श्रीलंकाले ३, भारतले २ र बंगलादेशले एउटा स्वर्ण जितेका छन् ।

यस्तै, मन्डेकाजी श्रेष्ठले करातेतर्फ पुरूष एकल काता र पुरूष टिम काता गरि एकै दिन दुइवटा स्वर्ण जिताएर कीर्तिमान कायम गरे ।

सागमा पहिलो पटक पुम्से समावेश गरिएको थियो । र, यसमा नेपालको प्रभावशाली प्रदर्शन रह्यो । कुल १३ स्वर्णको छिनोफानो हुँदा नेपालले ७ वटा जित्यो ।

यस्तै कराँतेमा २ र तेक्वान्दोमा १ रजत जितेको नेपालले तेक्वान्दोमा ३ र ट्रायथलनमा १ कास्य पदक पनि जितेको छ ।

स्वर्ण पदकधारी खेलाडी(करातेतर्फ):

  • करातेः (एकल काता) मण्डेकाजी श्रेष्ठ
  • करातेः (टिम काता, महिला) मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
  • करातेः (टिम काता ,पुरुष) निर्मला तामाङ, संगिता मगर, सरु कार्की
  • करातेः (५५ केजी) लक्ष्मण तामाङ
  • करातेः (८४ केजीमाथि) विप्लवलाल श्रेष्ठ
  • करातेः (४५ केजी मुनी) कुसुम खड्का
  • करातेः (५० केजी मूनि) अनु अधिकारी

स्वर्ण पदकधारी खेलाडी(तेक्वान्दो पुम्सेतर्फ):

  • तेक्वान्दो पुम्सेः (२३–२९ वर्ष ) कमल श्रेष्ठ
  • तेक्वान्दो पुम्सेः ( १७ –२३ वर्ष )  सिना मादेन लिम्बू
  • तेक्वान्दो पुम्सेः (२३ –२९ वर्ष ) पार्वती गुरुङ
  • तेक्वान्दो पुम्सेः (२९ वर्ष माथि ) आयशा शाक्य
  • तेक्वान्दो पुम्सेः (२९ वर्ष माथि ) आयशा शाक्य र सञ्जीवकुमार पाण्डे
  • पुम्से महिला टिमः (१७–२३ वर्ष) निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना
  • पुम्से महिला टिमः (२३–२९ वर्ष)  नीता गुरुङ, प्रशंसा क्षत्री र सुशीला राई
  • ट्रायथलनः सोनी गुरुङ

रजत पदकधारी खेलाडी

  • करातेः (एकल काता) चञ्चला दनुवार
  • तेक्वान्दो पुम्सेः (१७–२३ वर्ष) कृष्णबहादुर तामाङ
  • करातेः (८४ केजीमुनि) दिवस श्रेष्ठ

कास्य पदकधारी खेलाडी

  • तेक्वान्दो पुम्सेः (१७–२३ वर्ष) अस्मिन राउत र सिना मादेन लिम्बू
  • तेक्वान्दो पुम्सेः (२३–२९ वर्ष ) जितबहादुर बोट र पार्वती गुरुङ
  • ट्रायथलनः वसन्त थारु