अन्तर्राष्ट्रिय

जरुरत भन्दा अग्लो साइकल चलाउने यस व्यक्तिको किन हुँदैछ यति धेरै चर्चा ?

Man rides unusually tall bicycle, old video goes viral again

एजेन्सी । पछिल्लो समय सामाजिक सन्जालमा एक भिडियोले व्यापाक चर्चा बटुलेको छ । भिडियोमा एक व्यक्ति जरुरत भन्दा अग्लो साइकल चलाउँदै गरेको देखिएका छन् ।

५५ सेकेन्ड लामो यस भिडियोमा एक व्यक्ति निकै अग्लो साइकलसँगै देखिन्छन् । जहाँ देख्न सकिन्छ- उक्त साइकलको केहि हिस्सा बासबाट बनाइएको छ । भिडियोको सुरुवातमा उक्त व्यक्ति साइकl चलाउने कोसिस गर्दै गरेको देख्न सकिन्छ । जबजब साइकलमाथि आफ्नो सन्तुलन कायम गर्न उनी सफल हुन्छन्, लगत्तै साइकलको सिटमा पुग्छन् । त्यसपछि उनी आरामसाथ् साइकल हाँकीरहेको देख्न सकिन्छ । भिडियोमा देखिए अनुसार उनी केहि मिटर अगाडीसम्म पुगेर पुन: सोहि स्थानमा आइपुगेर साइकलबाट उत्रिएका छन् ।

हिन्दुस्तान टाइम्सको अनुसारको यो कुनै नयाँ भीडीयो होइन, यसअघि पनि यो भिडियो सामाजिक सन्जालमा चर्चित बनेको थियो । एकपटक पुन: ट्वीटमार्फत यस भिडियो सेयर भएको हो । यस भिडियोले अहिलेसम्म 8 लाख भन्दा बढीपटक हेरीसकिएको छ । त्यहिँ ३८ हजार भन्दा बढी व्यक्तिले उक्त भिडियो सेयर समेत गरेका छन् ।