राजनीति

भिम बहादुरको सरलता र सकृयताको कांग्रेसले अनुसरण गर्न जरुरीः सहमहामन्त्री डा महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीसँग जनता असन्तुष्ट बनेको जिकिर गरेका छन। आज भिम बहादुर तामाङ स्मृति प्रतिष्ठान नेपालले कांग्रेस मुख्यालय सानेपामा आयोजित स्वर्गीय नेता तामाङको ७ औं स्मृति सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री महतले त्यो असन्तुष्टिलाई परिवर्तनमा रुपान्तरण गर्नलाई कांग्रेसले जनसम्पर्क बढाउनुपर्ने बताए।

सहमहामन्त्री महतले जनसम्पर्क बढाउनलाई स्वर्गीय नेता भिम बहादुर तामाङको सरलता र सकृयताको कांग्रेसले अनुसरण गर्नुपर्नेमा जोड दिए। कांग्रेस सहमहामन्त्री महतले समाजलाई सहि रुपमा रुपान्तरण गर्न सरलता र सकृयताको आवस्यकता पर्ने भन्दै त्यो सबै गुणले भिम बहादुर तामाङ भरिपुर्ण भएको पनि स्मरण गरे। महतले कांग्रेसलाई मजबुत बनाउन कांग्रेसका नेताकार्यकर्ताहरु निरन्तर जनताको सम्पर्कमा बस्ने र जनगुनासोहरुलाई सुन्ने बानी बसाल्न पनि आग्रह गरे ।