अन्तर्राष्ट्रिय

विश्वमा भूमण्डलीय उष्मीकरण थप चिन्ताजनक, तीन करोड मानिस खाद्य असुरक्षा व्यहोर्दै

climate-change-COP25-talks

एजेन्सी । भूमण्डलीय उष्मीकरण अर्थात ग्लोबल वार्मिङका कारण संसार तात्दै गएको छ । यसप्रकारको बढ्दो मौसम प्रतिकुलताले  विश्वमा थप चिन्ताजनक  स्थिति पैदा भएको बीबीसीले जनाएको छ ।

पृथ्वीको औसत तापक्रम चिन्ताजनक रूपमा बढ्दै जाँदा मौसममा हुँदै आइरहेको उथलपुथलहरूलाई मध्यनजरमा राख्दै राजनीतिक नेताहरू एवम् जलवायु कूटनीतिज्ञहरू दुई साताको वार्ताका लागि म्याड्रिडमा भेट्ने भएको अन्तराष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् ।

climate-change-cop25-talks-to-open-as-point-of-no-return-in-sight/ को छविको परिणाम"

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसका अनुसार मौसम परिवर्तनको यस भयावह स्थितिको फिर्ता हुने बिन्दु अब क्षितिज भन्दा माथि पुगिसकेको छ । उनले भनाइको अर्थ ग्लोबल वार्मिङ एक जटिल समस्याको रूपमा देखिएकाले यस तर्फ सबैलाई सचेत हुन् आग्रह गर्नु नै हो ।

यसैबीच, सेभ द चिल्ड्रेन नामक इभेन्ट सन्चालनमा ल्याइरहेकाहरू भन्छन, “मौसमको यस अवस्थाले  अफ्रिकामा लाखौंलाई भोकमरीको सामना गर्नु परेको छ।  खडेरी र चक्रवातका कारण तीन करोड ३० लाख  मानिस खाद्यान्न असुरक्षाको आपतकालीन तहमा पुगेका छन् ।”

विभिन्न राजनीतिज्ञहरूको उपस्थितिमा चिलीमा आयोजित हुने भनिएको  ‘सीओपी २५’ नामक  उक्त सम्मेलन पछिल्लो चिली आन्दोलनको कारण रद्द गरिएको छ । यसपछि स्पेनको आयोजना हुने उक्त सम्मेलनमा २९,००० भन्दा बढी व्यक्तिहरू सहभागी हुने बताइएको छ।

विश्वका प्रायः सबै देशहरूले पेरिसको मौसम सम्झौतामा हस्ताक्षर र अनुमोदन गरिसकेका छन् । सम्झौताको सर्तमा उनीहरूले २०२० को अन्त्य हुनु अघि नयाँ वातावरणीय प्रतिज्ञाहरूलाई आ-आफ्नो टेबुलमा राखीसक्नु पर्नेछ।