खेलकुद

तेक्वान्दोमा नेपाललाई थप दुई स्वर्ण

काठमाडौँ । काठमाडौँमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत तेक्वान्दोमा नेपालकी पार्वती गुरुङले स्वर्ण पदक हात पारेका छन् । सातदोबाटोमा भएको खेलमा पार्वतीले २३ देखि २९ वर्ष उमेर समूहको पुम्सेको महिला एकलतर्फको विधामा श्रीलङ्काका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेका हुन्। यस स्पर्धामा श्रीलङ्काले रजत र भारतले कास्य जित्यो ।

आयशाले जितिन् स्वर्ण

सागअन्तर्गत तेक्वान्दोमा नेपालकी आयशा शाक्यले २९ वर्षमाथिको पुम्सेमा स्वर्ण पदक जितेका छन् । आयशाले ७.९४० स्कोर जोड्दै स्वर्ण पदक जितेका हुन् । सोही स्पर्धामा भारतकी खेलाडी दोस्रो भए भने श्रीलङ्काका खेलाडीले कास्य पदकमा चित्त बुझाएका छन् । यससँगै सागमा नेपालको स्वर्ण पदक नौ पुगेको छ ।