खेलकुद

साग खेलकुदमा यसरी चार स्वर्ण पदक जिताउन सफल भए नेपालका खेलाडी

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोमा आज विभिन्न खेलहरु भैरहेका छन् । जस्मा नेपाली खेलाडीले अहिले सम्म विभिन्न खेलखुदमा गरी ४ स्वर्ण पदक आफनो हात पारिसकेको छन् । खेलहरुमा नेपालको राम्रो पर्दशन रहेको देखिएको छ । 

(साग) अन्तर्गत तेक्वान्दोमा नेपालका गोविन्द बहादुर आलेले स्वर्ण पदक जितेका छन् । गोविन्दले पुम्सेको ५८ केजीमा स्वर्ण जितेका हुन् । यस्तै कमल श्रेष्ठले पुम्सेको पुरुष एकलतर्फ स्वर्ण जितेका छन् । तेक्वान्दोतर्फ नै पुम्सेको १७ देखि २३ उमेर समूहमा कृष्ण बहादुर तामाङले रजत जितेका छन् ।

यसैबिच १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेको महिला टिम कातामा नेपालले स्वर्ण पदक जितेको छ । सातदोबाटोस्थित कराते हलमा फाइनलमा नेपालले २४.८८ अंक ल्याउँदै स्वर्ण पदक जितेको हो । रजत जितेको पाकिस्तानले २३.३ अंक प्राप्त गर्यो । नेपाली टिममा निर्मला तामाङ, संगीता मगर र सरु कार्की रहेकी छिन् । समूह चरणमा नेपालले २४.७४, बंगलादेशले २४.०८, पाकिस्तानले २५।१४ र श्रीलंकाको टिमले २२.२५ प्राप्त गरेको थियो।

यस्तै १३ औं साग अन्तर्गत ट्रायथोलनको ईलाईट स्प्रिन्टमा नेपालकी सोनी गुरुङले स्वर्ण जितेकी छिन् । पोखरामा भएको महिला ट्रायथोलनको पौडीमा तेस्रो भएकी सोनीले साइक्लिङमा दोस्रो भएकी थिइन् । यस्तै दौडमा सोनी पहिलो भएकी थिइन् । रजत र कास्य पदक भने भारतले जितेको छ ।

साग अन्तर्गत ट्रायथोलनमा नेपालले जितेको यो पहिलो स्वर्ण हो । पुरुषतर्फ नेपालका बसन्त थारुले कास्य पदक जितेका छन् । स्वर्ण र रजत भारतका खेलाडीले जिते ।

साथै नेपालका मण्डेकाजी श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० मा नेपाललाई पहिलो स्वर्ण पदक दिलाएका छन् । सातदोबाटोस्थित कराते हलमा सोमबार करातेको व्यक्तिगत पुरुष एकल कातामा मण्डेले स्वर्ण जितेका हुन् । मण्डेले पाकिस्तानका निएमातुल्हालाई पराजित गरे । मण्डेले २५.७२ अंक जोडे । पाकिस्तानका खेलाडीले २४.९२ अंक जोडे ।

यस्तै नेपालकी चन्चला दनुवारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेको व्यक्तिगत महिला एकल कातातर्फ रजत पदक जितेकी छिन् ।

योसँगै घरेलु भूमिमा जारी १३ औं सागमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । सातदोबाटोस्थित कराते हलमा सोमबार भएको फाइनलमा चन्चला पाकिस्तानकी खेलाडीसँग पराजित भईन् । चन्चलाले फाइनलमा २४.६२ अंक जोडिन । स्वर्ण जितेकी पाकिस्तानकी साइदाले २५.२८ अंक प्राप्त गरिन् । यस स्पर्धामा बंगलादेशले कास्य जितेको छ ।