प्रदेश 1

काँग्रेसका राईले तीन हजार मतले तोडेरै छाडे लालकिल्ला, धरानमा विशाल विजयउत्सव

धरान । धरान उपमहानगरको मतगणनाको अन्तिम नतिजाअनुसार नेपाली काँग्रेस उम्मेद्वार तिलक राईले २९८४ सय भन्दा बढी मतको अन्तरले विजयी भएका छन्। शुरुमा धेरै कम मतान्तरले नेकपाउमेर्द्वारलेअग्रता लिएपनि बिस्तारै काँग्रेस उम्मेद्वार तिलकले अग्रतामा जित्दै गए र अनत्यमा २९८४ मतले जितेरै छाडे । आज काँग्रेस जिल्ला कमिटीले धरानको पब्लिक हाईस्कुलबाट विजयी र्याली मनाउन लागेको काँग्रेस सुनसरी जिल्ला सचिव सुजेन्द्र तामागंले बताएका छन् । कार्यक्रम १२ः३० बजेबाट शुरु हुँदै छाता चौक-लक्ष्मी चौक- सिंहदेवी चौक – छाता चौक – भानु चौक – पुतली लाईन हुँदै दुर्गा चौक -बुद्व चौक पार्टी कार्यालय पुगी समापन हुने जनाईएको छ ।

प्रकाश राईले सुर्यमा २३३९३ ल्याएका छन् भने काँग्रेसका तिलक राईले रुखमा २५९९५ मत ल्याएका छन् । यसबाट रुख अगाडि २९८४ ले अग्रतामा छ । जम्मा ५४ हजार ९५१ मतगणना गरिसकिएको छ ।

विजय निश्चित भन्दै हिँडेका नेकपा नेताहरु नेकपाले हारको बाटोसमात्दैगएपछि मतगणनास्थलबाट भागेको मतगणनास्थलका प्रतिनिधिले बताएका छन् ।केही वडामात्र मत गणना सम्पन्न हुन बाँकी हुनुले काँग्रेसका राईले विजय गर्ने निश्चित देखिएको भन्दै राईलाई बधाईका ओईरो आउन थालिसकेका थिए । 

३० बर्ष अगाडीदेखी नै कम्युनिष्टलाई मतदान गरेका धराने जनताले यसपटकको निर्बाचनमा भने काँग्रेसलाई मतदान गरेका छन् ।