राजनीति

जिम्मेवारी दल भन्दा माथी हुन्छ भन्ने हेक्का राखेर काम गर्नुपर्दछः धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ जिम्मेवारी दल भन्दा माथी हुन्छ भन्ने हेक्का राखेर जिम्मेवारी गर्न निर्वाची जनप्रतिनिधीलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले जुनसुकै दलबाट विजयी भए पनि जिम्मेवारी दल भन्दा माथी हुन्छ भन्ने हेक्का राखेर जिम्मेवारी पुरा गर्ने छन् भन्ने शुभेच्छाका साथ सफलताको शुभकामना व्यक्त गरेका छन् ।

साथै संघीय संसददेखि वडास्तरसम्म सम्पन्न उपनिर्वाचनमा विजयी भएका सबै दलका व्यक्तिहरुलई वधाई दिएका छन् ।

 

उनको ट्वीटरः संघीय संसददेखि वडास्तरसम्म सम्पन्न उपनिर्वाचनमा विजयी हुनुभएका सबै दलका मित्रहरुलाई हार्दिक वधाई टक्र्याउँछु। जुनसुकै दलबाट विजयी भए पनि जिम्मेवारी दल भन्दा माथी हुन्छ भन्ने हेक्का राखेर जिम्मेवारी पुरा गर्नु हुनेछ भन्ने शुभेच्छाका साथ सफलताको शुभकामना व्यक्त गदर्छु ।