प्रदेश 1

कम्युनिष्ट किल्ला धरानमा काँग्रेसको ऐतिहाशिक बिजयी, घोषणा हुनुभन्दा अगाडी नै बधाईका ओईरो !

TILAK RAI

धरान । धरान उपमहानगर वडा नं. ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, २०, १९, १८, १७, १६ को मतगणना गर्दा नेपाली काँग्रेस उम्मेद्वार तिलक राईले ७४५ मतको अन्तरले अग्रता कायम गरेका छन्। केहीबेर अगाडीको मतगणनामा १३०३ मतान्तरले अग्रता कायम गरेका राईले अग्रताको अन्तरमा ब्यापक बृद्धी गराएका हुन् ।

प्रकाश राईले सुर्यमा २०००८ ल्याएका छन् भने काँग्रेसका तिलक राईले रुखमा २१३११ मत ल्याएका छन् । यसबाट रुख अगाडि १३०३ ले अग्रतामा छ । अहिलेसम्म ४४८८९ मतगणना गरिसकिएको छ ।

विजय निश्चित भन्दै हिँडेका नेकपा नेताहरु नेकपाले हारको बाटोसमात्दैगएपछि मतगणनास्थलबाट भागेको मतगणनास्थलका प्रतिनिधिले बताएका छन् ।केही वडामात्र मत गणना सम्पन्न हुन बाँकी हुनुले काँग्रेसका राईले विजय गर्ने निश्चित देखिएको भन्दै राईलाई बधाईका ओईरो आउन थालेका छन् । एकाबिहानैको धरानको अपडेटले तिलक राई विजयी भईसकेका तर घोषणा हुनमात्र बाँबी भन्ने देािएको छ । 

३० बर्ष अगाडीदेखी नै कम्युनिष्टलाई मतदान गरेका धराने जनताले यसपटकको निर्बाचनमा भने काँग्रेसलाई मतदान गरेका छन् ।