प्रदेश 1

डा कोईरालाले गरे बिराटनगरलाई डुबानमुक्त बनाउन नालाको शिलान्यास

बिराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले महानगरको वडा नं ४ र ५ मा निर्माण गरिने नालाको आज शिलान्यास गरेका छन् । रिाटनगर महानगरपालीकाको अगुवाईमा बन्न लागेको उक्त नाला निर्माणका लागि मेयर भीम पराजुली सकृय छन् ।

विराटनगर–४ जामुुनगाछी चौकस्थित जामुुनेश्वर मार्गमा वर्षाको बाढीबाट हुने डुुबान समस्या समाधान गर्न १ दशमलव ५ किलोमिटर पक्की नाला निमार्ण गर्न लागिएको हो । भ्याटसहित रु ११ करोड ४९ लाख ८३ हजारमा सो नाला आगामी आठ महिनामा निर्माण सम्पन्न गरिनेछ ।

नेता कोइरालाले तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिए । महानगरपालिकाका प्रमुुख पराजुुलीले विकास निमार्णको कार्य गुुणस्तरीय हुनुपर्ने बताए ।