आर्थिक

सनराइज बैंकको परासीमा १२५ औं शाखा

SUNRISE BANK

काठमाडौं । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्राय साथ सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले नवलपरासीस्थित परासीमा १२५औं शाखा संचालनमा ल्याएको छ ।

आइतबार आयोजित उद्घाटन कार्यक्रममा रामग्राम नगरपालीकाको मेयर नरेन्द्र कुमार गुप्ता र सन्राइज बैंकका प्रमुखकार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्तरुपमा शाखा कार्यालयको उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा जनकशर्मा पौड्यालले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गर्न अनुरोध गदै उक्त बचतलाई बैंक मार्फत लगानि गर्न प्रोत्साहन गरे ।

सोही दिन आयोजित सुरुङ्गा शाखा कार्यालय स्थानान्तरण कार्यक्रममा कनकाई नगरपालीकाको मेयर राजेन्द्र कुमार पोखरेल र बैंकको संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले संयुक्तरुपमा शाखा कार्यालयको उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी लगायत अन्यपदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

हालसम्म सनराइज बैंकले १२५ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८वटा एक्सटेन्सन काउण्टर र १४५वटा ए.टि.एम मार्फत आफ्ना  करिब ६लाखग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थ पशाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम हरू संचालन गर्ने योजना रहेको जनाएको छ ।