समाचार

पोखरामा विद्यासँग पराजीत कांग्रेसका पौडेलले लेखे यस्तो मार्मिक स्टाटस

KHEMRAJ PAUDEL

कास्की  । उपुचनाव भएको मुलुकको एकमात्र प्रतिनिधिसभा सिट कास्की २ को प्रतिनिधिसभा सदस्यमा पराजीत भएका नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले मार्मिक प्रतिक्रिया दिएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी विदया भट्टराईलाई बधाई दिँदै देशवासीप्रति अगाध माया व्यक्त गरेका छन् ।

कांग्रेस उमेदवार पौडेलले मतदातालाई धन्यवाद दिनुका साथै विद्यालाई खादा लगाएर बधाई तथा आगामी कार्यकालको शुभकामनासमेत व्यक्त गरेका छन् । 

शनिबार भएको उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् । उनले २४ हजार ३ सय ९४ मत पाउँदा कांग्रेस उम्मेदवार पौडेलले १५ हजार ९९१ मत पाएका हुन् ।

“सम्झिदिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियोे मेरो जीवन। म ईमानदार रहनेछु कास्कीको म प्रत्येक मत, अनि देशविदेशका हरेकको मायाप्रति। राजनीति जितें, मत जितिनँ तर सायद मन जितें कि जस्तो लाग्छ। विजयी नानीलाई हृदयले बधाई-राम्रो गर्नु।“, उनले लेखेका छन् ।

 

कास्की-२ मा ६३.४० प्रतिशत अर्थात ४५ हजार ५६३ मत खसेको थियो । कुन ७१ हजार ८७१ मतदाता रहेको कास्कीमा २० हजार ७८४ पुरुष र २४ हजार ७७९ महिलाले मतदान गरेका छन् ।
जहाँ समाजवादी पार्टीका धर्मराज गुरुङले १९ सय २२, राप्रपाका रोमबहादुर भण्डारीले ११५३, साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत ल्याएका छन् ।
KHEMRAJ PAUDEL