सामाजिक सञ्जाल

साझा र विवेकशीलजस्ता हावा र भुइँफुट्टा पार्टी जनताले नचाहेको प्रमाणितः खगेन्द्र संग्रौला

काठमाडौं । लेखक तथा बुद्धिजिवी खगेन्द्र संग्रौलाले विवेकशील साझा पार्टीले एक प्रतिशत पनि भोट नपाएको भन्दै व्यग्य गरेका छन् । साझा र विवेकशीलजस्ता हावा गफास्टक र भुइँफुट्टा दलको संज्ञा दिँदै यस्ता पार्टी नेपाली जनताले नचाहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा राखेको स्टाटस्ः चुनाव प्रचारमा बोसहरूले मुलुकै हामीतिर उल्टिने भो टाइपको फुइँ दियाथे, यो खुद्रे चुनावमा साझा र विवेकशील पार्टीले १ प्रतिशत भोट पनि पाएनछन्। भन्देखि अब बुझ्नुपरो– जनताले सनातनी भ्रष्ट दलको विकल्प त अवश्य खोजेका छन्,तर साझा र विवेकशीलजस्ता हावा गफास्टक र भुइँफुट्टा दल होइन।