राजनीति

उपनिर्वाचनले देशको दोहन गर्नेहरूलाई अनुमोदन गर्यो- संयोजक मिश्र

काठमाडौं । शनिबार भएको उपचुनावको नतिजाप्रति साझा पार्टीका संयोजक रविन्द्र मिश्रले व्यापक असन्तुष्टि जानेका छन् । उनले उपचुनावाको मत परिणामले व्यापक भ्रष्टतालाई अनुमोदन गरेको बताएका छन् ।

साझा पार्टीका उमेदवार पराजित भएपछि उनले फेसबुकबाट यस्तो प्रतिक्रिया दिएका हुन् । साथै उनले उपचुनावले साझा पार्टीले थप धेरै मेहनत गर्नु पर्ने सन्देश दिएको र आफूहरू दिलोज्यान दिएर त्यसमा लाग्ने समेत बताएका छन् ।

“उपचुनावले Sajha Party ले छोटो समयमा ‍जे गर्यो त्यसमा थप धेरै मेहनत गर्नु पर्ने सन्देश दिएको छ, जुन हामी दिलोज्यान दिएर गर्नेछौँ।

साथसाथै, मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ।”, संयोजक मिश्रले लृखेका छन् ।

 

RABINDRA MISHRA POST