समाचार

सल्यानमा दुई घर जलेर नष्ट

salyan-ghar-aagalagi.j

सल्यान ।  सल्यानमा दुई घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । दार्मा गाउँपालिका–१ सिमलपुरमा आइतबार भएको आगलागीबाट ७५ हजार नगदसहित पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट तसे कामी, कमल विक, अनिल विक र लक्ष्मण विकको घरमा रहेका लत्ता कपडा, भाँडाकुडा अन्नपात तथा महत्वपूर्ण कागजात जलेर नष्ट भएको पीडित कमल विकले जानकारी दिए । घरमा कोही नभएको बेला एक्कासी आगलागी भएर घरमा रहेको नगद, आठ आना सुनसमेत नष्ट भएको पीडित अनिल विकले जानकारी दिए ।

“घरमा रहेको अन्नपात लत्ता कपडा सबै सकियो अब कसरी परिवारको गर्जो टार्ने, सबैले सहयोग गरेर परिवार बचाइदिनुस्”, पीडित अनिल विकले भने। दुईवटा घरमा चार जना परिवार बस्दै आएकोमा आगलागी भएपछि विचल्लीमा परेको र पीडित परिवार आफन्तको घरमा बसेको इलाका प्रहरी कार्यालय फारुलाले जनाएको छ ।