कर्णाली प्रदेश

खार्पुनाथमा नेकपाका रुपा शाही विजयी

rupa_shahi-kharpunath-humla.j

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रुपा शाही विजयी भएका छन् ।

उपनिर्वाचनमा उपाध्यक्ष पदका लागि तीनवटा राजनीतिक दलहरु चुनावी मैदानमा रहेपनि नेकपाका शाही एक हजार ४५३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका तारा शाहीले एक हजार ३८५ मत ल्याए ।

नेकपाका उम्मेदवार शाही यस अघिको निर्वाचन २०७४ सालमा पराजित भए ।