आर्थिक

गुराँस लघुवित्त वित्तीयको चौथो वार्षिक साधारण सभा सम्पन्न

gurans laghu bittiya.

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लि. को चौथो वार्षिक साधारण सभा संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा मिति २०७६/०८/१४ मा धनकुटामा सम्पन्न भयो ।

उक्त साधारण सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, चुक्तापूँजी ७ करोड ७५ लाखको ८.०१ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । साथै, सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ओम प्रकाश प्रसाई र डा. प्रियंका कटवाललाई निर्विरोध संचालकमा निर्वाचित गरेको छ ।

हाल वित्तीय संस्थाले प्रदेश नं. १ अन्तर्गतका १० जिल्ला कार्यक्षेत्र रहेकोमा ४ जिल्ला थप गरी प्रदेश नं. १ का सम्पूर्ण जिल्लाहरुमा कार्यक्रम विस्तार गर्ने गरी प्रदेश स्तरीय संस्था रहने निर्णय गरेको छ ।

संस्थाले हाल २६ वटा शाखाकार्यालय मार्फत १२ हजार भन्दा बढी विपन्नवर्गका परिवारलाई रु.७० करोड भन्दा बढी कर्जा प्रवाह गरी रु.११ करोड भन्दा बढी बचत परिचालन गरेको छ । बोनस शेयर वितरणपश्चात वित्तीय संस्थाको चुक्तापूँजीरु.८ करोड ३४ लाखपुगेको छ ।