मनोरञ्जन

बज्रग्रुपको ब्राण्ड दूतमा मिस नेपाल ‘श्रृङ्खला खतिवडा’ नियुक्त

bajra group shrinkhala khatiwada

काठमाडौं । बज्रग्रुपले मिस नेपाल श्रृङ्खला खतिवडालाई एक वर्षको लागी आफ्नो ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरेको छ । उनलाई नियुक्त गर्नुको मुख्यदुई उद्देश्य रहेको जानकारी प्राप्त भएको छ ।

“प्रथम- २०१८ को विश्व सुन्दरी प्रतियोगितामा उनको प्रतिनिधित्व नेपालको लागी संसारभर विशेष जनप्रभाव पार्ने ऐतिहासिक क्षण बन्यो । दोश्र्रो, पेसाले उनी आर्किटेक्ट हुन् र यो कुनै रुपमा हाम्रो बाथरुम र निर्माण सामाग्री उत्पादन गर्ने सेनेटरी व्यवसायसँग सम्बन्धित छ । उनी हाम्रो उत्पादनको बारेमा राम्रो जानकार मात्र हैन, उनको व्यवसायिक विचार र कार्यशैलीले बजारमा हाम्रो उत्पादनहरुलाई प्रचार गर्न पनि सहज बनाएको छ ।” बज्रग्रुपद्वारा जारि विज्ञप्तिमा भनिएको छ ।

“विगत २८ वर्षदेखि बज्र ग्रुपले विविध प्रकारका सेनेटरी उत्पादनहरु वितरण गर्दै आएको छ । जस्तैंः बाथरुमका सामान, सेरामिक टाइल्स, फ्लोर लेमिनेट्स, लाभाटोरिज, सुट, निर्माण सामाग्रीहरु र इसेम्बल्स ईत्यादी । नेपालमा उत्कृष्ट प्रदर्शनको लागीयस ग्रुपले विभिन्न प्रतिष्ठित अवार्डहरु प्राप्त गरेको छ । बज्रग्रुप देशको सेनेटरी बजार मा ८० प्रतिशत अंश ओगट्न सफल छ ।”

पत्रकार सम्मेलनमा ई. श्रृङ्खला खतिवडाले भनिन् “म स्वयं एक आर्किटेक्ट हुँ, मैले बज्रग्रुपको उत्पादनहरु अन्तराष्ट्रिय मापदण्डको गुणस्तर र सर्वसुलभ भएको पाँए । म विश्वस्त छु कि यस सहकार्यले बज्रग्रुपलाई बजारमा आफ्नो उत्कृष्ट छाप छोड्र्न अझै उर्जा मिल्नेछ ।”