पु.समाचार

अवैध सामान सहित ट्याक्टर नियन्त्रणमा

parsa tractor

पर्सा । प्रहरीले गैरकानुनी तवरले विभिन्न सामानहरु भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसारपसार गरिरहेको गाडी नियन्त्रणमा लिएको छ  ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विशेष सुचनाको अधारमा छिपहरमाई गा.पा.वडा नं.५ भिष्वा बजारमा सत्र लाख साठी हजार छ सय पचास बराबरको छोगडा र मरिच लगायत अन्य सामानहरु लोड गरिरहेको ट्याक्टरनियन्त्रणमा लिएको हो ।

ना ४ त ५३२२ नं.को ट्याक्टर भारत तर्फ लैजादै गरेको अवस्थाबाट नियन्त्रणमा लिई जिल्ला भंसार कार्यालय पर्सामा बुझाउने कार्य भइरहेको प्रहरीले जानकारी दिएको च ।