पर्यटन/संस्कृति

संरक्षणविद् पुरीलाई बेबिलोन पुरस्कार

sampdabidh-puri

काठमाडौं । संरक्षणविद् एवं सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीलाई नगदसहित यस वर्षको ‘बेबिलोन स्रष्टा सम्मान २०७६’ सम्मान प्रदान गरिने भएको छ । बेबिलोन नेशनल स्कूलले पुरीलाई नगद रु १५ हजार ५५५ राशिसहित पुरस्कार एवं सम्मान प्रदान गर्ने भएको हो ।

स्कूलले शिक्षा, साहित्य, कला, संस्कृति, इतिहास, सम्पदा, विकास र खेलकूदमा उल्लेखनीय योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्दै आएकामा यस वर्ष स्कूल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश आचार्यको अध्यक्षताको बैठकले पुरीलाई पुरस्कार एवं सम्मान गरिने भएको स्कूलका प्रिन्सिपल राजु राईले जानकारी दिए।