प्रदेश 1

भक्तपुरको लालकिल्ला तोडेपछि काँग्रेसका तिलकले धरानको लालकिल्ला तोड्ने निश्चित !

धरान । धरान नगरपालीकाको १६, १७, १८, १९, २० वडाको मत गनिसक्दा काँग्रेस उमेद्वार तिलक राई (६८५८)ले ४१४ मतले नेकपाका प्रकाश राई (६४३४)लाई पछि पारेका छन् । ३० बर्षदेखीको नेकपाको गण मानिदै आएको धरानमा २० वटा वडा छन् अझै १५ वटा वडामा मतगणना हुन बाँकी हुँदा यसले जित्छ भनेर किटन गर्न सकिने अवस्था छैन तर यसभन्दा अगाडीका निर्बाचनमा झण्डै दोब्बरमतले लिड गर्ने नेकपा पछाडि पर्नुले काँग्रेस उम्मेद्वारको विजय हुने सम्भावना भने ब्यापकदेखिएको छ ।

नेकपाका कतिपय नेताहरु मतगणनास्थलबाट बाहिरिएका छन् । उनीहरु निरास भएर उक्त स्थानबाट बाहिरिएपछि केन्द्रका नेकपाका नेताहरुसमेत चिन्तित देखिएका छन् । यसभन्दा अगाडीको निर्बाचनमा २१ हजारभन्दा बढीमत ल्याएर तिलक राईलाई नै जितेका तारा सुब्बाको निधनपछि भएके अहिलेको निर्बाचनमा तत्कालीन माओबादी केन्द्र समेत मिलेर नेकपा बनेको छ । तत्कालीन एमाले र माओबादी केन्द्रको मत जोड्दा झण्डै ३२ हजारको हाराहारीमा मत पुग्नुपर्ने हो । यो जोड्दा अगाडीको नेकपाको मत दोब्बर देखिएपनि यसपटक नेकपा सरकारमा भएकोले स्थानीय जनता रुष्टदेखिएर काँग्रेसलाई मतदान गरेको देखिन्छ ।
यसै तरिकाले मतदानको परिणाम आउदैजाने हो भने तिलक राईले विजय हुने निश्चित देखिन्छ ।

यसअघि भक्तपुरमा कृष्णलाल भँडेलले जितेर कम्युनिष्ट किल्ला तोेका छन् । धरानमा तिलक राईले भक्तपुरभन्दा पनि पुरानो लालकिल्ला तोडिेनेछ ।