पु.समाचार

फिदिम–१ नेकपा, हिलिहाङ–७ मा काँग्रेस विजयी

पाँचथर । उपनिर्वाचन भएका पाँचथरका दुवै वडाको मत परिणाम सार्वजनिक भएको छ । फिदिम नगरपालिका–१ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गजाधर भट्टराई विजयी भएका छन् भने हिलिहाङ गाँउपालिका–७ मा नेपाली काँग्रेसका तिलविक्रम इधिङ्गो विजयी भएका छन्। फिदिम–१ मा नेकपाका भट्टराईले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुवराज थापालाई ४७४ मतान्तरले पराजित गरे ।

भट्टराईले एक हजार ४४६ मत प्राप्त गर्दा थापाले ९७२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरले जनाएको छ ।

हिलिहाङ–७ मा काँग्रेसका इधिङ्गोले ३० मतको अन्तरले विजय हासिल गरेका हुन् । उनले ८४२ मत प्राप्त गर्दा नेकपाका गेहनाथ रिजालले ८१२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय हिलिहाङले जनाएको छ ।