प्रदेश 1

धरानमा जम्मा १७ मतले नेकपा अगाडी, लालकिल्ला तोडिने देखियो संकेत

धरान । उप चुनाबको मतगणना हुँदा धरान उपमहानगरमा नेकपाको २३०९ मत र काँग्रेसको २२९२ मत देखिएको छ । वडा नम्बर २०, १९ र १८ को मत गनिसक्दा उक्त परिणाम देखिएको छ ।

त्यस्तै लिम्बुवान १३३, समाजबादी ७९, पानीको बोतल ६०, तराजु ३ देखिएको छ । हालसम्म १७ मतले नेकपा अगाडि छ अहिले वडा नम्बर १७ मतगणना शुरु भएको छ। धरानलाई ३० बर्षदेखी लालकिल्ला मानिदै आईएको छ । पहिला धेरै मतान्तरले अग्र स्थान जमाएको नेकपालाई काँग्रेसले मतान्तर घटाउँदैलगेको देखिएको छ । मतगणना सम्पन्न हुन धेरै बाँकी भएपनि लालकिल्ला तोडिने अनुमान स्थानीयले लगायन थालेका छन् ।