बाग्मती

भक्तपुरमा काँग्रेस २५ सय मतको अग्रतामा, निश्चित भएपछि विजय जुलुस निकाल्ने तयारीमा

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ को क मा भएको मतदानमा काँग्रेसको अग्रता कायम छ । काँग्रेसले ९०९५ मतले नेकपालाई भारी मतले पछि पारेको छ । नेकपाको ६७८३ मत मात्र छ । अन्तिम मतगणना अनुसार मादल. १९५३, गाई २७९, तराजु २३६, हँसिया हथौडा १४, हात १५ रहेको छ । यसबाट भक्तपुरमा नेपाली काँग्रेस विजयनजिक पुगेको नतिजा आईरहेको देखिन्छ । मतदाता धेरै भएको भक्तपुर प्रदेश् नम्बर तीनको राजधानीका लागि समेत चर्चामा आईरहेकोले राजनीतिक रुपमा महत्वपूर्ण मानिन्छ ।
धेरै नै अन्तर आएपछि नेकपाका नेताहरुले आफूहरुले हार्ने भन्दै पछाडी हटेको मतगणनाबारे कमलसिंह ठकुरीको दाबी छ । अझै ११ हजार मत गन्न बााँकी छ, तैपनि झण्डै २४ २५ सय मतको अन्तर हुनु विजयनिश्चित नै हो  ।