समाचार

पहिलो खाता खोल्दै बैतडीमा काँग्रेस विजयी, कार्यकर्ताहरु खुशी

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–१ मा नेपाली काँग्रेसका उम्मेदवार गजेन्द्रबहादुर चन्द विजयी भएका छन्। चन्दले २१९ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका धनबहादुर चन्दले २१५ मत प्राप्त गरेका छन् । कुल ४३८ मत खसेकोमा चार म तबदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त वडामा यसअघि पनि नेपाली काँग्रेसले नै जितेको थियो ।