लुम्बिनी

रोल्पाको थवागंमा नेकपा विजयी, विप्लवको निर्बाचन बहिस्कारका कारण जम्मा १६ प्रतिशतमात्र मत खस्यो

pmoli

रोल्पा । जम्मा १६.४ प्रतिशत मात्र मत खसेको रोल्पाको थवागंमा नेकपाका उमेर्द्वार जनक बहादुर बुढामगर निर्बाचित भएका छन् । बुढामगरले १२८४ मतदातामध्ये २०४ मत ल्याएर विजय भएका हुन् ।

निकटतम् प्रतिद्वन्दी काँग्रेसका कमलबहादुर रोकामगरले जम्मा १६ मतमात्र पाएका छन् । नेकपा विप्लव समूहको निर्बाचन बहिस्कारकाकारणत्रासका कारण मतदान गर्न सर्बसाधारण नआएको बताईएको छ ।