पु.समाचार

उपनिर्वाचन: कास्की-२ मा ६५, थवाङमा  १६.४ प्रतिशत मत खस्यो

upanirwachan: rolpa and thewang

काठमाडौं । आज देशका विभिन्न ५२ स्थानमा उपनिर्वाचन भएको छ । यसैक्रममा  कास्की-२ मा ६५ प्रतिशत मत खसेको स्रोतले बतायो ।

कास्की-२ मा हाल कुल मतदाता ७१ हजार ८७१ जना रहेको बताइएको छ । सो ठाउँमा २०७४ सालमा ७० हजार  ६५१ मतादाता थिए।

मतपेटिका संकलन गरेर ७ बजेसम्म जिल्ला समन्वय समितिको कार्यालयमा लैजाने तयारी भइरहेको छ । त्यसपछि मतगणना शुरु हुनेछ ।

यसिगारी रोल्पाको थवाङमा  १६.४ प्रतिशत मत खसेको जानकारी प्राप्त भएको छ । १ हजार ७४ जना मतदाता रहेकोमा जम्मा २०९ मत खसेको निर्वाचन अधिकृत रमेशप्रसाद तिवारीले जानकारी दिएका छन् ।