राजनीति

नेता नेपाल टर्की र मेसोडोनियाको भ्रमण गरी स्वदेश फर्किए

madahv nepal return from turkey and mesodonia

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल टर्की र मेसोडोनियाको भ्रमण गरी आज स्वदेश फर्किएका छन् । उनी टर्कीको इस्तानबुलमा आयोजना हुने ‘दशौँ बोस्फोरस सम्मेलन’ मा सहभागी हुन  मङ्सिर ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

टर्कीपछि उनी मेसोडोनिया गएका थिए । मेसोडोनियामा रहँदा उनले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसंग भेटवार्ता गरेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

टर्कीमा हुने सम्मेलनमा गत शनिबार उनले नयाँ विश्व व्यवस्था, मानवकेन्द्रित विकास, प्रविधि र सुशासनका विषयमा सम्बोधन गरेका थिए । टर्कीका राष्ट्रपतिको निमन्त्रणामा उनी त्यसतर्फ गएका थिए । सम्मेलनमा विश्वका विभिन्न देशका पूर्वसरकार प्रमुखको सहभागिता रहेको थियो । मेसोडोनियामा उनले बालकोन विश्वविद्यालयमा अतिथि प्राध्यापकको रुपमा सहभागी भएका थिए ।