लुम्बिनी

कोहलपुर–६ मा ८० दशमलव ६४ प्रतिशत मत खस्यो

बाँके । प्रदेश-५ अन्तर्गत बाँकेको कोहलपुर–६ मा ८० दशमलव ६४ प्रतिशत मत खसेको छ । २०२६ मतदाता रहेको सो वडामा १ हजार ६३४ मत खसेको प्रमुख निर्वाचन अधिकृत षडानन्द तिवारीले जानकारी दिए । सो वडामा वडाध्यक्ष पदका लागि भएको उप–निर्वाचनको भएको थियो ।

मतपेटिका मुचुल्का गरी गणना हुने स्थान कृषि विकास बैंकको तालिम केन्द्र पिपरीमा लैजाने तयारी भइरहेको र साँझ ७ बजेदेखि गणना शुरु हुने अधिकृत तिवारीले बताए] । 

कांग्रेसका रामसोहन थारुले ४२४ मत ल्याएर जितेको यो ठाउँमा उनको निधन भएपछि सो स्थानमा उप–निर्वाचन भएकोे हो । अहिले वडाध्यक्षका लागि नेकपा, कांग्रेस र राप्रपाबीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेकपाबाट रामशरण थारु र कांग्रेसबाट कृष्ण थारुले प्रतिस्पर्धा गरिरहेका छन् भने राप्रपाबाट श्रीधर सुवेदी चुनावी मैदानमा छन् । 

कांग्रेसले आफ्नो बिरासत मानेको यो ठाउँमा एमाले र माओवादी केन्द्र मिलेपछि पहिलो पटक स्थानीय निकायमा चुनाव लडेकाले आफूहरु बलियो रहेको नेकपाको दावी छ । थारु मत विभाजन हुने र त्यसको फाइदा आफूलाई पुग्ने भन्दै निर्वाचन आफ्नो जीत सुनिश्चित रहेको राप्रपाको दावी छ ।