कर्णाली प्रदेश

खार्पुनाथ गाउँपालिकामा ६५.६० प्रतिशत मत खस्यो

हुम्ला । देशका विभिन्न ५२ ठाउँमा आज उपनिर्वाचन हुँदैछ । जसमा प्रतिनिनिसभा सदस्यका एक, प्रदेशसभा ३ र प्रदेशसभाका ४८ प्रमुख/उप–प्रमुख चयनका लागि मतदान जारी छ ।

यसैक्रममा हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा ६५ दशमलव ६० प्रतिशत मत खसेको जानकारी प्राप्त भएको छ । खार्पुनाथ गाउँपालिकाका पाँच वटै मतदान केन्द्रमा ६५.६० प्रतिशत मत खसेको हो ।

खार्पुनाथ गाउँपालिका– १ को मालिका मावि लालि मतदान केन्द्रमा सबैभन्दा बढी मत खसेको निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । उक्त  मतदान केन्द्रमा रहेको कुल ८ सय ८९ मतमध्ये ७ सय ९४ मत खसेको हो ।

वडा नम्बर २ को शंकर मावि मतदान केन्द्रमा ३ सय ६८ मत खसेको छ भने हुम्ला मावि रायामा ३ सय ४४ मत खसेको छ । वडा नम्बर ४ को सीता मावि छिप्रामा ३ सय ९६ र मान्धारा मावि भकुण्डामा ३ सय ६६ मत खसेको छ ।

खार्पुनाथ गाउँपालिकाको उपनिर्वाचनमा कुल तीन हजार तीन सय ८७ मतदाता छन् । निर्वाचन कार्यालय जुम्लाले जनाएअनुसार हुम्लाको खार्पुनाथ गाउँपालिकामा शान्तिपूर्ण रुपमा मतदान भएको छ ।