पु.समाचार

ज्यान मार्ने उद्योग मुद्दाका दुई प्रतिवादीहरू पक्राउ

arrest

मोरङ । बाल सुधारगृह विराटनगरबाट मंसिर ९ गतेदेखि  फरार रहेका ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादीहरू पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले  १७ वर्षीय किशोर तथा जवर्जस्ती करणी मुद्दाका प्रतिवादी १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो । 

१८ वर्षीय किशोरलाई सुन्दरहरैचा नगरपालिका-७ गोठगाँउबाट शुक्रबार र १७ वर्षीय किशोरलाई झापा, बिर्तामोड नगरपालिका-१ बाट शनिबार प्रहरीले पक्राउ गरेको हो । 

१८ वर्षीय किशोरलाई जिल्ला अदालतको २०७६ असार ५ गतेको आदेशले पुर्पक्षको लागि बाल सुधार गृहमा बस्दै आएका थिए भने १७ वर्षीय किशोर जिल्ला अदालत झापाको आदेशले २०७६ श्रावण १७ गतेदेखि उक्त बाल सुधार गृहमा रहँदै आएका थिए ।