आर्थिक

टिभिएस अपाचे रेस ट्रयाक एक्सपिरियन्सका लागि विजेताहरु चेन्नाई प्रस्थान

tvs bike

काठमाडौं । नेपालका लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस अपाचे बाइक आर.आर ३१० र अपाचे २०० फो.भी मोटरसाईकलहरुको टेस्ट राइडमा सहभागीता जनाएका प्रतियोगीहरुमध्ये ६० जना गोलाप्रथाबाट चयन गरेको छ । प्रारम्भिक छनौट चरणबाट ३० र ३० मध्येबाट छनौट गरिएका २५ जना भाग्यशाली विजेताहरुले यही मङसिर १६ गते भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा टिभिएस अपाचे बाइक कुदाएर आफ्नो जीवनको एक सुनौलो सपना साकार बनाउनेछन् ।

एकान्तकुना ड्राइभिङ्ग स्कूलको मैदानमा संचालित छनौट चरणबाट २५ जना प्रतियोगीहरु उत्कृष्ट ठहरिएका छन् । साथै यी प्रतियोगीहरुले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा अपाचे बाइक दौडाउने सुनौलो सपना पूरा गर्ने अवसर पाउनेछन् ।

प्रारम्भिक चरणको छनौट प्रक्रिया उत्साहजनक रुपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्षश्री दीपक अग्रवालले भने-“नेपालका बाइक राइडरहरु पनि क्षमता, दक्षता एवं अनुशासन प्रदर्शन गर्न सक्षम छन् भन्ने उदाहरण हो यो । उनीहरुको सपनामा सरिक हुन पाएकोमा हामी जगदम्बा मोटर्स परिवार हर्षित छौं । अन्तिम चरणको लागि छनौट भएका २५ जना बाइक राइडरहरुलाई म थप सफलताको शुभकामना व्यक्त गर्दछु ।”

नेपालमा अत्याधिक रुपमा रुचाइएको टिभिएस अपाचे आरआर ३१० र २०० ४भि ले माइलेज अत्याधिक दिन्छ भने यसमा अत्याधुनिक नवीनतम् सुरक्षा प्रविधिद्वारा सुसज्जित गरिएको छ । मोटरसाइकल रेसको लागि अत्यन्त उत्कृष्ट साबित भइसकेका यी दुवै अपाचे बाइक नेपालको बाइक राइडरहरुमाझ लोकप्रिय रहेका छन् । मद्रास मोटर रेस ट्रयाकमा सहभागी हुने प्रतियोगीहरु मङसिर १४ गते, शनिबार नेपालबाट प्रस्थान गरी मङसिर १६ गते रेस ट्रयाकको अनुभव गर्दै मङसिर १८ गते, बुधबार पुनः नेपाल फर्किनेछन् ।

मदरास मोटर रेस ट्रयाक भारतको विश्वस्तरीय र लोकप्रिय रेस ट्रयाक हो । सन् १९८९ मा उद्घाटन गरिएको यो ट्रयाक ३.७४ कि.मि को छ । विभिन्न राष्ट्रिय तथाअन्तराष्ट्रिय रेसिङ्ग ईभेन्टहरु आयोजना भइसकेको यो ट्रयाक रेसिङ्ग प्रेमीहरु माझ अत्यन्तै लोकप्रिय छ ।