पु.समाचार

यौनांगमा लुकाएर ब्राउनसुगर ओसार–पसार

brown sugar in surkhet

सुर्खेत । यौनांगभित्र लुकाएर ब्राउनसुगर ओसारपसार गर्नेक्रममा सुर्खेतमा एकजना पक्राउ परेका छन् । यौनांगमा लागूऔषध बोकेर ओसारपसार गर्दागर्दै बर्दियाको मधुबन नगरपालिका–५ शान्तिपुरका दिनेश थापालाई प्रहरीले पक्राउ गरेको हो ।

थापाले लिंगमा अडाएर १ सय ३० मिलीग्राम ब्राउनसुगर सुर्खेत ल्याएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी रवि रावलले बताए अनुसार चेकजाँच गर्दा पनि पत्ता नलागोस भनेर लिंगमा अड्याएर ल्याइएको हो ।

‘लिंगमा राखेर लागू औषध (ब्राउनसुगर) ल्याएको रहेछ ।’ उनले भने, ‘पेन्टी खोलेपछि लिंगमा लुकाएर राखेको अवस्थामा पत्ता लाग्यो ।’ थापाका साथबाट प्रहरी ब्राउनसुगर बिक्री गरी ल्याएको ८४ हजार ८ सय २० रुपैयाँसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।